असार २५, २०८२ बुधबार July 9, 2025

इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि आर्मीले जित्यो

उपाधिसगै आर्मीले ट्रफी र ७ लाख रुपैंया पुरस्कार हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ।

आज भएको उपाधि भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउदै आर्मी उपाधि जितेको हो ।

फाइलनमा खेलमा आर्मीले पुलिस माथि १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले जित दर्ता गर्यो । फाइनल प्रतिस्पर्धाको पहिलो सेट पुलिसले सजिलै जितेको थियो । दोस्रो सेट आर्मीले जित्दा तेस्रो सेट पुनः पुलिसले आफ्नो बनायो ।

त्यसपछि भएका निकै प्रतिस्पर्धात्मक दुई सेट जित्दै आर्मीले प्रतियोगिताको उपाधि आफ्नो बनायो । उपाधिसगै आर्मीले ट्रफी र ७ लाख रुपैंया पुरस्कार प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले ३ लाख ५० हजार रुपैंया पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो ।

भारतको गुराजत भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो घोषित गर्दै एक लाख ७५ हजार रुपैयाँ र चौथो बनेको गुजरात भलिबल एसोसिएसनलाई एक लाख रुपैंया पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा नेपाल र भारतका आठ टोलीले सहभागिता जनाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार