श्रावण २०, २०८३ बुधबार August 5, 2026

डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष सिंह दोषी ठहर

इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह दोषी ठहर भएका छन् । सिंहलाई विशेष अदालतले बिहीबार नक्कली शैक्षिक प्रमाणपत्र पेस गरि भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते उनीमाथि मुद्दा दर्ता गरेको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो।

सिंहलाई ६ महिना कैद तथा १० हजार जरिबाना तोकिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनु भयो।

विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट (पिसिएल) र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया