असार २५, २०८२ बुधबार July 9, 2025

सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोवार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुनको मुल्य आज अहिलेसम्मकै उच्च भएको छ । गत बुधबारदेखि बढेको सुनले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ ।

एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आईतबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो । गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया