कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

नेता कार्यकर्ताका कारण स्थलमार्गबाट काठमाडौं आँदै रवि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौंका लागि हिँडेका छन् । उनी स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् । उनी केही समयअघि आफ्नै गाडीमा स्थलमार्गबाट काठमाडौंका लागि हिँडेका हुन् ।

लामिछाने हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताका कारण स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् । लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनेछन् ।

जिल्ला अदालत कास्कीले बिहीबार मात्रै ६५ लाख धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका थिए ।

लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनमा मुछिएका छन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दायर भएपछि आज लामिछाने आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार