कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’ : उपराष्ट्रपति यादव

राष्ट्रिय एकता दिवस सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्त्वपूर्ण उत्प्रेरक बन्न सकोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिकरूपमा थप सुदृढ र बलियो बन्न सक्नेमा जोड दिनुभएको छ ।

“राष्ट्रिय एकता दिवसले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्त्वपूर्ण उत्प्रेरक बन्न सकोस्”, उपराष्ट्रपति यादवले भन्नुभएको छ ।

हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यो दिवस नेपालको विविधतामा एकतालाई बलियो बनाउन र मुलुकको एकीकरणमा योगदान पुर्‍याउनेलाई सम्झिने दिनको रूपमा पनि हेरिन्छ । उपराष्ट्रपति यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन दिवसले एउटा मञ्च प्रदान गर्ने जनाउँदै नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिने विविध कार्यक्रमले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न सबैलाई उत्प्रेरित गर्न सक्नुपर्ने उहाँको भनाइ छ । “दिवसले युवाहरूलाई आफ्नो मातृभूमि र देशप्रति समर्पण एवं सेवाको भावना विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसके मात्र यसको सार्थकता पुष्टि हुन सक्दछ, नेपालको इतिहास, संस्कृति र वैभवशाली सम्पदाप्रति गौरवको भावनालाई बढावा लिने सुन्दर अवसरका रूपमा यसको उपयोग गर्नुपर्दछ”, उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ ।

आपसी वैमनस्यता, द्वन्द्व र कलुषित भावनाहरू त्याग्दै आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक उन्नयनका लागि सामूहिक रूपमा काम गर्न सञ्चार गर्ने जनाउँदै उहाँले सो दिवसले मुलुकको सबै भूगोल एवं क्षेत्रमा समान विकासको पृष्ठपोषण गर्दै देशको गरिबी र बेरोजगारीजस्तो समस्याविरूद्ध लड्न एकजुट भई अघि बढ्न आह्वान गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार