काठमाण्डाैः सर्वाेच्च अदालतले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।
‘न्यायपालिकाका काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने सक्नेतर्फ ध्यान जान जरुरी हुन्छ’, सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
अदालतको फैसला वा आदेशलाई लिएर स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल वा बहस हुन सक्नेतर्फ अदालत सदैव सकारात्मक रहेको सर्वाेच्चले विज्ञप्तीमा भनेकाे छ । न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन सर्वाेच्चले उल्लेख गरेको छ ।
साथै सर्वाेच्च अदालतले अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केही दिनदेखि प्रवाह भइरहेका समाचार, टीका टिप्पणी र गतिविधिको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
पछिल्लो समय श्रीमतीको हत्याका दोषी पूर्वडीआईजी रञ्जन कोइरालाको सजाँय घटाउने लगायतका सर्वाेच्चको आदेशलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया