बैसाख २६, २०८३ शनिबार May 9, 2026

कुरियरमार्फत दुई लाख ७९ हजार ठगी गर्ने पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रहरीले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा रु दुई लाख ७९ हजार ९१० ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले कुरियरमार्फत होम डेलिभरी गर्ने नाममा सामान नपु¥याइ ठगी गर्ने धनुषाका २४ वर्षीय धीरज साहलाई आज पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडा नेपालमा होम डेलीभरी गराइदिने भनी विश्वासमा पारी उक्त रकम ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका उनले भारतबाट बेवी कार सिट मगाउने पीडितले ई-सेवाबाट पठाएको रु नौ हजार, भारतबाट साडी कुर्था ल्याउने भनी पीडितसँग लिएको रु ७७ हजार ७००, सिको घडी मगाउनका लागि पीडितसँग लिएको रु ४९ हजार ५५०, जेन्स कपडा ल्याउन पीडितसँग लिएको रु १४ हजार ८७५, औषधि तथा मोबाइल ल्याउन पीडितसँग लिएको रु ७३ हजार ७८५ ठगी गरेका छन् ।

उनलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार