फागुण ५, २०८१ सोमबार February 17, 2025

लुम्बिनी प्रदेशमा स्वास्थ्य समस्या उच्च रहेको तथ्याङ्क सार्वजनिक

१ लाख जीवित जन्ममा २०७ जना आमाको मृत्यु हुने गरेको तथ्याङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज  । लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण, किशोरीमा रक्तअल्पता जस्ता स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

स्वास्थ्य व्यवस्थापन र जिल्ला स्वास्थ्य सूचना प्रणाली–२ को तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा १ लाख जीवित जन्ममा २०७ जना आमाको मृत्यु हुने गरेको देखिएको छ । यो सङ्ख्या अन्य प्रदेशको तुलनामा उच्च हो ।

स्वास्थ्यमा सुधार ल्याउन प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१–०८२ मा महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य र पोषण सुधारका लागि नयाँ कार्यक्रम सुरु गरेको छ ।

तथ्याङ्कका आधारमा बनाइएका योजनाहरू दिगो र प्रभावकारी हुने भएकाले योजना छनोट, कार्यान्वयन र मूल्याङ्कन गर्न तथ्याङ्कलाई आधार मानिएको प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता नोदनारायण चौधरीले बताउनुभयो ।

प्रदेश सरकारले कमजोर स्वास्थ्य क्षेत्र सुधार गर्न विशेष अनुदान र लगानी गरेको छ । महिला, बालबालिका, किशोरीका लागि पोषण सुधार, सचेतना कार्यक्रम र स्वास्थ्य सुविधामा सहज पहुँचको पहल भइरहेको छ ।नवीन गिरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया