कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन

नयाँ सडक बनाएर तस्करी भइरहेको गुनासोपछि सुरक्षा प्रमुखहरूले त्यसबारे लिए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गोलबजार (सिरहा)। मधेश प्रदेशका तीन वटै सुरक्षा निकायका प्रमुखले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेका सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन्।

गाउँपालिका–३ टिकुलीया र भारतको चैनपुरगाउँ नजिक रहेको सीमा स्तम्भ २४३र५ सम्म नयाँ सडक बनाएर तस्करी भइरहेको गुनासोपछि सुरक्षा प्रमुखहरूले त्यसबारे जानकारी लिएका हुन्।

सप्तरीका विभिन्न सीमानाकाबाट हुने तस्करीको विषय मधेश प्रदेशसभाको हालैको बैठकको शून्य समयमा पनि उठेको थियो। प्रदेशसभा सदस्य शम्भु साहले यस विषयमा प्रदेशसभामा सरकारको ध्यानाकर्षण गराएक थिए।

अनुगमन टोलीमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्य, सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयका प्रमुख एवम् अनुसन्धान निर्देशक माधवप्रसाद तिमिल्सिना, सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेललगायत अनुगमनमा सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न
२०८३ कार्तिक २६, बिहिबार
एनपीएलमा आज निर्णायक भिडन्त, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी आमनेसामने
२०८३ कार्तिक २६, बिहिबार
सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
२०८३ कार्तिक २६, बिहिबार
दमौली खेलमैदान स्तरोन्नति गरिँदै
२०८३ कार्तिक २६, बिहिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २६, बिहिबार
आजको मौसम : पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २६, बिहिबार
प्रदेशसभा सदस्य खातुनले लिए पद तथा गोपनीयताको शपथ
२०८३ कार्तिक २५, बुधबार