असार २५, २०८२ बुधबार July 9, 2025

प्रधानमन्त्री कप : एपीएफले कर्णालीलाई एक सय ११ रनले हरायो

एपिएफको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १ गते । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई एक सय ११ रनले हरायो । जितका लागि एपिएफले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ७१ रनमा समेटियो ।

कर्णालीका लागि दीक्षा पुरीले १७ र रमा बुढाथोकीले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा एपिएफकी करुणा भण्डारीले तीन विकेट लिनुभयो । विनु बुढा, रेखा रावल र सुमन विष्टले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । एपिएफका लागि ममता चौधरी र कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेल्नुभयो ।

ममताले अविजित ७८ र इन्दुले अविजित ५२ रन बनाउनुभयो । ओपनर राजमती ऐरीले २२ रन जोड्नुभयो । बलिङमा कर्णालीकी लागि दीक्षा पुरीले एक विकेट लिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार