असार २५, २०८२ बुधबार July 9, 2025

एन्फा राष्ट्रिय महिला लिग : पुलिसले वालिङलाई ४–१ गोलले हरायो

माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ १ गते । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा वालिङ नगरपालिकालाई सजिलै हराएको छ । सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो ।

पुलिसको जितमा निरु थापाले १५औँ, अनुस्का शेर्पाले २८औँ र पुजा रानाले ३२औँ मिनेटमा गोल गर्नुभयो । पुलिसले अर्को गोल ४६औँ मिनेटमा वालिङकी धना बोहराबाट आत्मघाती उपहार पाएको थियो । वालिङका लागि यशोदा चिरालले ८५औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

जितसँगै पुलिसले पाँच खेलबाट १० अङ्क बनाएको छ । वालिङ अङ्कबिहिन छ । माघ १६ गतेसम्म चल्ने दोस्रो चरणको लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । जसमा पुलिस र वालिङसहित त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र बागमती प्रदेश रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया