भाद्र ११, २०८३ बिहिबार August 27, 2026

विप्लवका जिल्ला ईन्चार्ज चितवनबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना पक्राउ परेका छन् । चितवनबाट उनीहरुलाई सादा पोशाकमा खटिएको प्रहरीको बिशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) वसन्तकुमार लामाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया