भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

काँग्रेस वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । म‌गलबार बिहान ११ बजे नेता पौडेललाई भेट्न राजदूत यान्छी उनकै निवास बोहोराटारमा पुगेकी हुन् ।

 नेपाल र चीन बीचको आपसी सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको पौडेल सचिवालयले जनाएको छ ।

नेता पौडेल र राजदूत यान्छीबीच भएको भेटवार्तामा जननेता बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको विषयमा चर्चा भएको बताईएको छ ।

उक्त भेटमा कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणमा चीनले पाएको सफलता र नेपालमा कोरोना जोखिम नियन्त्रणको विषयमा समेत छलफल भएको पौडेल सचिवालयको दावी छ । राजदूत यान्छीले कोरोना जोखिम नियन्त्रणका लागि नेपाललाई यथेष्ट सहयोग गर्ने बताएकी छन् ।

नेता पौडेल र राजदूत यान्छीबीचको भेटमा समसामयिक राजनीतिक विषयमासमेत छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार