काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय २९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ८७५ पुगेको छ । जुन कूल सङ्क्रमितको ७२.८ प्रतिशत हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ३३१ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतम जानकारी दिए ।
हालसम्म सङ्खुवासभा, भोजपुर, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया