कार्तिक २२, २०८३ आइतबार November 8, 2026

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

चैत १६ गते शनिबार प्राविधिक धारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
भक्तपुर, २ माघ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयोे । सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने उहाँले बताउनुभयो ।
दोस्रो दिन चैत ८ गते शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । सोही दिन गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी (इलेक्टिभ इङ्लिस) को परीक्षा हुने जनाइएको छ । चैत १० गते आइतबार अनिवार्य गणित, चैत १२ गते मङ्गलबार अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ र मदरसातर्फका ऐच्छिक विषयका परीक्षा सञ्चालन हुनेछ ।
चैत १३ गते बुधबार अनिवार्य सामाजिक अध्ययन, प्राविधिक धारतर्फका ऐच्छिक विषय, संस्कृत वेदविद्याश्रमतर्फका विषयको परीक्षा हुने भएको छ । चैत १४ गते बिहीबार संस्कृत तथा वेदविद्याश्रमतर्फका ऐच्छिक विषयहरु, प्राविधिक धारतर्फका विभिन्न ऐच्छिक विषयको परीक्षा हुनेछ ।
चैत १५ गते शुक्रबार साधारण तथा संस्कृततर्फ वेदविद्याश्रमतर्फका सबै ऐच्छिक विषयहरु र प्राविधिक धारतर्फका कृषि र पशुपालनसम्बन्धी ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने भएको छ । चैत १६ गते शनिबार प्राविधिक धारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुनेछ ।
चैत १७ गते आइतबार प्राविधिक धारतर्फका विभिन्न विषय, चैत १८ गते सोमबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषाको परीक्षा सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । परीक्षाको अन्तिम दिन चैत १९ गते मङ्गलबार प्राविधिकधारतर्फका विभिन्न विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार