असार २५, २०८२ बुधबार July 9, 2025

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित

नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ २ गते । आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि मलेसियामा रहेको नेपाली महिला टोली दोस्रो अभ्यास खेलमा अमेरिकासँग पराजित भएको छ ।

मलेसियाको रोयल सेलान्गोर क्लबमा बुधबार भएको खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भयो । यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा पनि नेपाल वेस्ट इन्डिजसँग नौ रनले पराजित भएको थियो ।

जितका लागि नेपालले दिएको ५९ रनको सहज लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । अमेरिकाका लागि इसानी वाघेलाले सर्वाधिक २४ रन बनाउनुभयो ।  पूजा शाहले १० रन जोड्नुभयो । बलिङमा नेपालकी रिया शर्माले तीन विकेट लिनुभयो । कप्तान पूजा महतोले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ५८ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले १२ र पूजा महतोले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङमा अमेरिकाका लागि इसानी वाघेला, पूजा शाह, ऋतु सिंह, माही माधवन, सुहानी थडानी र सानवी इम्मादीले एक एक विकेट लिनुभयो । यु–१९ महिला टी–२० विश्वकप माघ ५ गतेदेखि मलेसियामा सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छ ।

नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बङ्गलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् । त्यस्तै समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार