असार २५, २०८२ बुधबार July 9, 2025

खोखो विश्वकप : नेपालले ब्राजिललाई हरायो

दोस्रो जित निकालेको नेपाल क्वार्टरफाइनल नजिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, माघ २ गते । भारतमा जारी खोखो विश्वकपमा नेपालले ब्राजिललाई हराएको छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बुधबार भएको खेलमा पुरुषतर्फ नेपालले ब्राजिललाई १३४–८ ले हरायो ।

दोस्रो जित निकालेको नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ । नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४ ले हराएको थियो । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४२–३७ ले पराजित भएको थियो ।

दोस्रो जितसँगै समूह ‘ए’ नेपालले तीन खेलबाट चार अङ्क बनाएको छ । भारतको पनि समान चार अङ्क छ । नेपालले समूह चरणको अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।

यस्तै विश्वकपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले बुधबार श्रीलङ्ककालाई ११०–१० ले हरायो । महिलामा पनि नेपाल क्वार्टरफाइनल नजिक पुगेको छ ।

यसअघि नेपालले जर्मनीलाई ७३–३४ र भुटानलाई ९३–२४ ले हराएको थियो । जितसँगै समूह ‘सी’ मा रहेको नेपाल ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । बङ्गलादेश र भुटानको दुई दुई अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार