असार २५, २०८२ बुधबार July 9, 2025

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राहीको आकर्षण बढ्दै

गत आर्थिक वर्षमा सो रोगका पाँच हजार ६ सय २० जना बिरामीले उपचार गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चन्द्रपुर (रौतहट) : ३ माघः रौतहटको चन्द्रपुर–६ चन्द्रनिगाहपुरमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरमा बिरामीको आकर्षण बढेको छ । केही वर्षअघि दैनिक तीन-चारजना मात्र सेवाग्राही आउने उक्त चिकित्सालयमा हिजोआज ५० जनाभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

चिकित्सालयका सूचना अधिकारी रुपनारायण महतोले चिकित्सालयमा रौतहटका मात्र नभई छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हरेक वर्ष चिकित्सालयमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार दुई सय ६६ बिरामीले सेवा लिएकामा १६ हजार एक सय २४ पुरुष र १५ हजार एक सय ४२ जना महिला रहेका महतोले बताउनुभयो ।

प्राप्त तथ्याङ्कअनुसार सो केन्द्रमा सबैभन्दा बढी सन्धिगत बाथरोगका बिरामीहरु बढी आउने गरेको पाइएको छ । गत आर्थिक वर्षमा सो रोगका पाँच हजार ६ सय २० जना बिरामीले उपचार गराएका थिए । यसैगरी, अल्पपित्तका चार हजार सात सय २५ जनाले उपचार गराउनुभएको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिरसम्म चार हजार तीन सय ५२ महिला र चार हजार सात सय ५४ पुरुष गरेर नौ हजार एक सय ६ जनाले सेवा लिएको सूचना अधिकारी महतोले जानकारी दिनुभयो ।

यहाँ सेवाग्राहीको आकर्षण बढ्दै गए पनि भौतिक पूर्वाधार तथा अन्य स्रोतसाधनको अभावले उपचारमा समस्या भइरहेको चिकित्सालयका प्रमुख डा शिवशङ्कर रायले गुनासो गर्नुभयो । सानो भवन, केमिकलको अभावले थाइराइड जस्ता रोगको परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो । “प्रदेश सरकारले पठाउने विभिन्न प्रकारको औषधि आठ÷नौ महिनामा नै सकिन्छ । त्यसपछि औषधिको समेत समस्या हुने गरेको छ । स्थानीय सरकारले सहयोग नगर्ने र प्रदेश सरकारले समयमा नै औषधि नपठाउने र पठाएको औषधिसमेत पर्याप्त नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ”, प्रमुख रायले भन्नुभयो ।

यहाँ बहिरङ्ग सेवा (ओपिडी), ज्येष्ठ नागरिक सेवा (ज्येष्ठ नागरिकलाई रसायन औषधि निःशुल्क वितरण), स्तनपाइ (आमाहरूलाई दूधवद्र्धक औषधि निःशुल्क वितरण), बाथका बिरामीका लागि पञ्चकर्म सेवा, होमियोप्याथिक सेवा र प्रयोगशाला सेवा दिने गरिएको छ । आयुर्वेद सेवा केन्द्रमार्फत अति आवश्यकमध्ये २३, स्तनपाइका दुई र ज्येष्ठ नागरिकलाई तीन प्रकारका औषधिहरू निःशुल्क दिने गरिएको कार्यालय प्रमुख रायले जानकारी दिनुभयो ।

यहाँ उपचारका लागि आउने बिरामीले ‘एलोपेथिक’ बाट हुक्क भएपछि आयुर्वेदतर्फ आकर्षित भएको बताउने गरेका छन् । त्यसैकारण चिकित्सालयको वृत्तिविकासमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने धेरैको भनाइ छ । गरुडा–९ कमलपटीबाट यहाँ उपचारका लागि आउनुभएका कमल सहनीले वर्षौसम्म खुट्टा दुखेको समस्याको उपचार गराउँदा पनि समाधान नभएपछि चिकित्सालयमा आएको सुनाउनुभयो । उहाँले चिकित्सालय व्यवस्थापकीय सुधार र पूर्वाधार निर्माणमा ध्यान दिए आफूजस्ता धेरै बिरामी लाभान्वित हुने बताउनुभयो ।

गढीमाई– ४ मदनपुर बलुवाकी अमृताकुमारी बैठाले पनि आयुर्वेद चिकित्साबाट आफूजस्ता धेरै बिरामी लाभान्वित भएको भन्दै चिकित्सालयको सुधारका लागि आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार