श्रावण २०, २०८३ बुधबार August 5, 2026

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर

शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक, ३ माघः काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको छ । नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्तरुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको जनाइएको छ । बुधबारदेखि सुरु भएको शिविर पाँचखाल नगरका विभिन्न ११ स्थानमा यही माघ ५ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शिविरअन्तर्गत पाँचखाल–१ को कोट्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नं ५ स्थित केराघारी सहरी स्वास्थ्य केन्द्र र वडा न १० को सहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रनिङ शिविर गरिएको छ ।

संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीका अनुसार शिविरअन्तर्गत पाँचखाल–८ स्थित होक्से स्वास्थ्यचौकी, वडा नं ९ को साठ्ठीघर स्वास्थ्यचौकी, वडा नं ११ स्थित खरेलथोक स्वास्थ्यचौकी र वडा नं १३ मा कोशीदेखा स्वास्थ्यचौकीमा शिविर हुँदै सञ्चालन गरिने छ । यस्तै शुक्रबार पाँचखाल–३ समाजकल्याण सहरी स्वास्थ्य केन्द्र, पाँचखाल–६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, पाँचखाल–७ मा श्रीरामपाटी सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमि बालुवा स्वास्थ्यचौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ हुने जनाइएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताउनुभयो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको भन्दै शिविर सञ्चालन गरिएको जनाइएको छ । शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार