असार २५, २०८२ बुधबार July 9, 2025

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर

शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक, ३ माघः काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको छ । नगरले आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा संयुक्तरुपमा नगरको ११ वटा वडामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरेको हो ।

चार दिनसम्म सञ्चालन हुने शिविरका लागि माट्रिका आइ सेन्टरले प्राविधिक सहयोग गरेको जनाइएको छ । बुधबारदेखि सुरु भएको शिविर पाँचखाल नगरका विभिन्न ११ स्थानमा यही माघ ५ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा शिविरमा आँखासम्बन्धी समस्या पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शिविरअन्तर्गत पाँचखाल–१ को कोट्याङ सहरी स्वास्थ्य केन्द्र, वडा नं ५ स्थित केराघारी सहरी स्वास्थ्य केन्द्र र वडा न १० को सहरी स्वास्थ्य केन्द्रमा मोतिविन्दुको स्क्रनिङ शिविर गरिएको छ ।

संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीका अनुसार शिविरअन्तर्गत पाँचखाल–८ स्थित होक्से स्वास्थ्यचौकी, वडा नं ९ को साठ्ठीघर स्वास्थ्यचौकी, वडा नं ११ स्थित खरेलथोक स्वास्थ्यचौकी र वडा नं १३ मा कोशीदेखा स्वास्थ्यचौकीमा शिविर हुँदै सञ्चालन गरिने छ । यस्तै शुक्रबार पाँचखाल–३ समाजकल्याण सहरी स्वास्थ्य केन्द्र, पाँचखाल–६ मा प्राथमिक स्वास्थ्य केन्द्र दुलालथोक, पाँचखाल–७ मा श्रीरामपाटी सहरी स्वास्थ्य केन्द्र र वडा नम्बर १२ मा देवभूमि बालुवा स्वास्थ्यचौकीमा मोतिविन्दुको निःशुल्क स्क्रिनिङ हुने जनाइएको छ ।

संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत नगरसँगको सहकार्यमा शिविर आयोजना गरिएको पराजुलीले बताउनुभयो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम रहेको भन्दै शिविर सञ्चालन गरिएको जनाइएको छ । शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामी पायक पर्ने अस्पताल वा सेन्टरले नै व्यवस्थापन गर्ने गरी नगरसँग सम्झौता गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार