असार २५, २०८२ बुधबार July 9, 2025

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति बारको आपत्ति (विज्ञप्ती हेर्नुहोस्)

त्रिपाठीमाथि आक्रमण गर्नेहरुको पहिचान गरी कारबाही गर्न समेत बारको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल बार एशोसियशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार भएको आक्रमबारे आपत्ति जनाएको छ ।

बारका महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै न्यायालय परिसरमै कानुन व्यवसायीमाथि हातपात हुनु निन्दनीय रहेको बताएकी छन् ।

त्यस्तै न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्न पाउनु कानुन व्यवसायीहरुको व्यवसायीक कर्तव्य र जिम्मेवारी रहेको समेत बारले जनाएको छ । साथै न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने घटनाले स्वतन्त्र न्यायापालिकाको उपहार भएको भन्दै कानुन व्यवसायीको पेसागत सुरक्षा माथि गम्भीर चुनौती देखिएको बारले जनाएको छ ।

‘न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको हैसियतले आफ्नो पक्षको प्रतिनिधित्व गर्नु कानुन व्यवसायीको संवैधानिक तथा कानुनी दायित्वको साथै व्यवसायीक कर्तव्य र जिम्मेवारी पनि हो । न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारको घटनाले स्वतन्त्र न्यायपालिकाको उपहार गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षामाथि नै गम्भीर चुनौती देखिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै त्रिपाठीमाथि आक्रमण गर्नेहरुको पहिचान गरी कारबाही गर्न समेत बारले माग गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि गालीगलौज गरी सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याई बारबाही गर्न र कानुन व्यवसायीको व्यवसायीक सुरक्षाको प्रत्याभूतिका लागि नेपाल बार एशोसियशन नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ ।

बुधबार जिल्ला अदालत बाहिर त्रिपाठीमाथि आक्रमण भएको थियो । स्वर्णलक्ष्मी सहकारी पीडितको पक्षमा बहस गरेर फर्किने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले त्रिपाठीमाथि आक्रमण गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार