श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो घाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । मुमबईको बान्द्रास्थित घरमा परिवारसँगै रहेका खानमाथि गएराति आक्रमण भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए ।

एक अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए । त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् ।

घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो । लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो घाउ छन् ।

मेरुदण्डको छेउमा लागको घाउको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी भइरहेको बान्द्रा प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया