असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुबा, माघ ३  गते । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताउनुभयो । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । “बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उहाँले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गनुभयो ।”

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताउनुभयो ।

कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए । रासस, सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार