असार २५, २०८२ बुधबार July 9, 2025

यू–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक

दोस्रो खेल ७ माघमा स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल ९ माघमा  अस्ट्रेलियासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : मलेशियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्विन टावरमा मंगलवार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रूपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।

विश्वकपमा भाग लिन सबै टोली मलेशिया पुगिसकेका छन् । नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप खेल्न लागेको हो ।

पूजा महतोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकप अघि वेष्ट इण्डिजसँग सोमवार पहिलो अभ्यास खेल खेलेको थियो । खेलमा नेपाल ९ रनले पराजित भएको थियो ।

नेपालले दोस्रो अभ्यास खेल बुधवार अमेरिकासँग खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मो छ । यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।

नेपालले समूह चरणको पहिलो खेल ५ माघमा बंगलादेशसँग खेल्ने छ । दोस्रो खेल ७ माघमा स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल ९ माघमा  अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेशियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज छन् ।

समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया