श्रावण २०, २०८३ बुधबार August 5, 2026

उपचार लिन पालो कुर्नुपर्ने अवस्था हट्छ : मुख्यमन्त्री आचार्य

अस्पतालमा शल्यक्रिया कक्ष बिस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल, माघ ४ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको सेवा थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीनवटा शल्यक्रिया कक्ष थप गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको उदघाटन गर्नुभयो । उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

‘उपचार सेवा लिन जुन पालो पर्खनु पर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अब पालो पर्खनु पर्ने समस्यालाई हल गर्न सक्ने छौं, भन्ने लागेको छ ।’

प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकको महत्वपूर्ण योगदान जरुरी रहेको उहाँले औंल्याउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो, दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँबाट थप योगदान सरकारले खोजेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वस्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा. बासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. इन्द्र ढकाल लगायतको सहभागिता थियो ।

विगत ३ वर्षको तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा शल्यक्रिया कक्ष बिस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार