असार २५, २०८२ बुधबार July 9, 2025

स्पेनी ला लिगा : लास पाल्मासलाई हराउदैं रियल म्याड्रिड शीर्ष स्थानमा

बिलबाओले सेल्टा भिगोलाई २–१ ले हराएपनि अंक तालिकाको चौथो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः केयलिन एमबापेले गरेको दुई गोलको मद्धतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार लास पाल्मासलाई ४–१ ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ ।

यो जितपछि रियलले आफ्नो छिमेकी एटलेटिको म्याड्रिडलाई दुई अंकले उछिनेको हो । यसअघि एटलेटिको लेगानेसको हातबाट स्तब्धपूर्ण ढंगले पराजित रहेको थियो । बार्सिलोना भने गेटाफेविरुद्ध बराबरीमा रोकिएको थियो ।

लिग तालिकाका तीनै टिमले समान २० खेल खेल्दा रियलको ४६, एटलेटिकोको ४४ र बार्सिलोनाको ३९ अंक छ ।

अन्य खेलमा एथलेटिको बिलबाओले सेल्टा भिगोलाई २–१ ले हरायो र अंक तालिकाको चौथो स्थानमा रह्यो । उसको पनि ३९ अंक नै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया