भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

सन्दीप लामिछाने सीपीएल खेल्न भोलि कोरियन एयरलाइन्सको चार्टर उडानबाट ट्रिनिडाड जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सरकारले सहजीकरण गरेपछि सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न  बिहीबार बिहान १० बजे वेष्ट इन्डिजका लागि त्यसतर्फ जाने भएका छन्।

सन्दीपका व्यवस्थापक रमण सिवाकोटीका अनुसार उनी भोली बिहीबार बिहान १० बजे कोरियन एयरलाइन्सको चार्टर उडानबाट जानेछन्। अमेरिका हुँदै उनी लिग हुने देश ट्रिनिडाड एण्ड टोबागो पुग्ने छन्। सन्दीप १ अगष्ट (शनिबार) त्यहाँ पुग्नेछन्।

सीपीएल आयोजक र उनको टीम जमैका तालावाहले सबै खेलाडीलाई शनिबारसम्म आइपुग्न भनेको थियो। सन्दीप आयोजकले भनेकै दिन पुग्ने भएका हुन्। खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ। सीपीएल १८ अगष्टदेखि शुरु हुँदैछ।

कोरोनाभाइरस महामारी रोकथामका नेपाल सरकारले बन्दाबन्दी घोषणा गरेपछि नियमित अन्तराष्ट्रिय उडान बन्द छन्। नेपालले १ भदौबाट मात्र उडान नियमित गर्ने भएपछि सन्दीप सीपीएल खेल्न जान नपाउने आशंका गरिएको थियो। उनका व्यवस्थापक सिवाकोटीसहितले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई र खेलकुद मन्त्री जगत विकलाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए।

सन्दीप जमैका तालावाहका मार्की खेलाडी पनि हुन्। उनी १ लाख ३० हजार अमेरिकी डलर (करीब रु.१ करोड ५६ लाख) मा अनुबन्ध भएका छन्। यो रकम कुनै पनि फ्रेन्चाइज लिगमा उनले पाएको सबैभन्दा बढी हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार