भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विश्व महामारी कोरोना भाईरसबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका दश जना नेपाली सैनिक र दुई जना शिक्षकमा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

स्वास्थ्य कार्यालय, महोत्तरीका कोभिड १९ का फोकलपर्सन गिरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो पटक आएको पीसीआर रिपोर्टमा १३ जनामा कोरोना सङ्क्रमित देखिएको बताए । संक्रमित मध्य १० जना सैनिक, दुई जना शिक्षक तथा एक जना सर्वसाधारण रहेको जानकारी दिएका छन् ।

केही दिनअघि मात्रै जिल्लामा महोत्तरी गाउँपालिका वडानं. ३ मा एक व्यक्तिको कोरोनाबाट धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तथा पिपरा नगरपालिकामा रहेको आइसोलेसनमा खटिएका नेपाली सेना कोरोना सङ्क्रमित देखिएको फोकल पर्सन झाले जानकारी दिए । संक्रमित नेपाली सैनिकलाई किसान नगरमा रहेको मध्यपृतना ब्यारेकमा चिकित्सकको निगरानिमा राखिएको छ ।

त्यसैगरी, जिल्लामा दुई शिक्षक पनि कोरोना सङ्क्रमित भएका छन् । संक्रमितमध्य एकजना माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका छन् । उनी केही दिनअघि मात्रै वीरगञ्जबाट आएका हुन् भने अर्का शिक्षक सिन्धुपाल्चोकबाट आएको फोकल पर्सन झाले जानकारी दिए ।

त्यस्तै, भारतबाट आएका बलवाका एक जनामा समेत कोरोना पोजिटिभ देखिएको बताउँदै फोकलपर्सन झाले भने, ‘योसहित अहिलेसम्म जिल्लामा ८५९ जना कोरोना पोजिटिभ देखिएका छन् ।’

कोरोनाबाट मृत्यु भएका महोत्तरी गाउँपालिका वडानं. ३ मा कन्टयाक्ट ट्रेसिङ गर्दा मृतकका श्रीमती र छोरासहित सात जना कोरोना पोजिटिभ फेला परेको जानकारी दिए । यहाँ ४२ जनामा गरिएको परीक्षणमा सात जनामा कोरोना पोजिटिभ देखिएको सो वडामा एक हप्ताको लागि औषधी पसलबाहेक सम्पूर्ण पसल, हाटबजार बन्द गरिएको छ ।

यसैबीच, जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जिल्लामा ९५ वटा क्वारेन्टाइनबाट १२ वटामा झरेको भन्दै हरेक पालिकाले कम्तीमा एउटा क्वारेन्टाइन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्वारेन्टाइनमा बसेको तर पीसीआर जाँच नभएकालाई अनिवार्य रुपमा पीसीआर गराउने निर्णय गरेकाे छ । साथै पीसीआर परीक्षणमा सङ्क्रमण देखिएकाहरूलाई यथाशीघ्र आइसोलेसनमा ल्याउने निर्णय गरेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार