असार २४, २०८२ मंगलबार July 8, 2025

टर्कीको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते

एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्तानबुल, माघ ९ गते । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

गभर्नर अब्दुलअजीज आयडिनले स्थानीय समय अनुसार बिहान ३ः३० बजे एउटा होटेलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताउनुभयो । एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो ।

विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो । रासस, सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया