असार २४, २०८२ मंगलबार July 8, 2025

नक्कली शैक्षिक प्रमाणपत्रसहित काभ्रेका श्रेष्ठ प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काभ्रेमा त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक धुलिखेल न.पा. वडा नं.५श्रीखण्डपुर  बस्ने  ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन्।

श्रेष्ठलाई यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको  प्रहरी टोलीले सोमबार  काभ्रेको  धुलीखेल न.पा. वडा नं. ५ बाट पक्राउ गरेको हो।

श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरु रहेको भन्ने सूचना प्राप्त प्राप्त भएपछि  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो।

रजिष्ट्रेशन नं. ३६०६१-९३ भएको व्यापार अध्ययनमा स्नातक डिग्री र व्यापार अध्ययनमा स्नातकोत्तर डिग्रीको ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनी त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात् उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट N.C.C बाट जारी भएको स्नातकोत्तर तहको  चरित्र प्रमाणपत्र १ थान त्रिवि बाट जारी भएको स्नातकोत्तर तहकोअस्थायी प्रमाणपत्र १ थान- त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र थान-१ ,नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र थान-१ त्रिविबाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको शैक्षिक ट्रान्सक्रिप्ट थान-१, T.U बाट जारी भएको बीबीएसको अस्थायी प्रमाणपत्र थान-१,,रियलमी कम्पनिको मोबाइल थान-१ साथै अन्य कागजातहरु बरामद गरेको छ।

पक्राउ परेका उनलाई  आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली  पठाइएको प्रहरीले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार