असार २४, २०८२ मंगलबार July 8, 2025

टर्कीको रिसोर्टमा आगलागी, ७६ जनाको मृत्यु, ५१ घाइते

घाइतेमध्ये एकजना आईसीयूमा १७ जना अस्पतालबाट डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीको प्रसिद्ध एक रिसोर्टमा आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार मङ्गलबार बिहान ३.२७ बजे स्की नामक रिसोर्टमा भएको आगलागीमा परी ७६ जनाको मृत्यु भएको हो ।

टर्कीको स्वास्थ्य मन्त्रालयले आगलागीमा परी ५१ जना घाइते भएको जानकारी दिएको छ । घाइतेमध्ये एकजना आईसीयूमा छन् । १७ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

मृत्यु भएकाहरूको सनाखत हुन नसकेको टर्कीको गृह मन्त्रालयले जनाएको छ । बुधबारबार बिहानसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । मङ्गलबार नै लागेका आगो नियन्त्रण गर्न १२ घण्टा लागेको थियो ।

टर्कीका कानुनमन्त्रीले यस मामिलामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेमा रिसोर्टका मालिक पनि छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया