कार्तिक ११, २०८३ बुधबार October 28, 2026

डाक्टर बिक्रान्तको माया गर्ने मै होमा मेहता र स्मारीकाको रोमान्स (भिडियो)

रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदासम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा प्रस्तुती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेसाले चिकित्सक रहेका अर्थोपेडिक सर्जन डा. मेहताकै अभिनय रहेको गीतमा सुन्दर मोडल स्मारिका ढकालको अभिनय छ। एक प्रेमील जोडीको प्रेम कथालाई देखाइएको माया गर्ने मै हो हरेक प्रेमी मनका लागि उपहार हुन सक्छ।

भिडियोमा मोडलद्वय डाक्टर मेहता र स्मारिका मज्जैसँग अभिनयमा खुलेका छन्। भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेम जोडी र रोमान्सले भरिएको समयदेखि विवाह गरेर एक हुँदासम्मको सफल प्रेम कहानीलाई रोमान्टिक शैलीमा निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका छन्।

डाक्टर बिक्रान्त मेहताको माया गर्ने मै होमा स्मारिकानिर्देशक प्रकाश पछिल्लो पुस्ताका अनुभवी तथा नयाँ पनको प्रयोग गर्न रुचाउने निर्देशक हुन्। रिदम कँडेलको ऐरेन्ज, नरेश बिबिसीको मिक्सिङ् मास्टरिङ् तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको कन्सेप्ट पनि निर्देशन धितालकै हो।

सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट बजारमा आएको हो। जसको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार
जातीय विभेदका उजुरीलाई प्राथमिकता दिन मन्त्री बादीको प्रहरी महानिरीक्षक कार्कीसँग छलफल
२०८३ कार्तिक ११, बुधबार