श्रावण २०, २०८३ बुधबार August 5, 2026

जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत

औसतमा १८ दिन, न्यूनतम एक दिन र बढीमा ४० दिनसम्म गर्भवती तथा सुत्केरी आवासमा बसे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ९ माघ । यहाँ प्रसूति आवास गृह सञ्चालनमा आएपछि सुत्केरीलाई राहत भएको छ । नेपाल सरकारले संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप जिल्लामा आमा कुरुवा घर (आवास गृह) सञ्चालनमा ल्याएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० देखि जिल्लामा कार्यालयले आमा कुरुवा घर सञ्चालनमा ल्याएको छ । कार्यालय प्रमुख सापकोटाले भने, “हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरीका लागि आवास गृह सञ्चालन गरिएको हो, हिमाली जिल्लामा घरदेखि स्वास्थ्य संस्थासम्मको दुरी टाढा हुने भएकाले गर्भवती तथा सुत्केरीका लागि आवास गृहको व्यवस्था गरिएको हो ।”

गर्भवती तथा सुत्केरीलाई ४५ दिनसम्म खाना, खाजा र बासको व्यवस्थासमेत कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय नजिकै गर्भवती र सुत्केरीका लागि बस्ने घरको व्यवस्था गरिएको कार्यालय प्रमुख सापकोटाको भनाई छ ।

“गर्भवती र एक जना कुरुवाका लागि प्रतिदिन प्रतिव्यक्ति ३५० देखि ४०० का दरले खाना खाजा उपलब्ध गराउँदै आएका छौँ, सुत्केरीका लागि प्रतिदिन प्रतिव्यक्ति ४५० देखि ५०० का दरले खाना खाजा उपलब्ध गराउने गरिएको छ”, उनले भने ।

जुम्लामा गत आर्थिक वर्षमा कनकासुन्दरीका तीन, तिलाका एक, पातारासीका एक, सिङ्जाका दुई गर्भवती तथा सुत्केरी र कुरुवाले सेवा लिएका छन् । यस्तै जिल्ला बाहिरका मुगुका चार र अन्य एक गरी गत वर्ष १२ जनाले उक्त सेवा लिएको कार्यालय प्रमुख सापकोटाले बताए ।

औसतमा १८ दिन, न्यूनतम एक दिन र बढीमा ४० दिनसम्म गर्भवती तथा सुत्केरी आवासमा बसेका छन् । यस्तै चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म नौ गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन् । त्यसमा यहाँका सिञ्जा गाउँपालिकाका एक, हिमाका एक र कनकासुन्दरीका एक रहेका छन् ।

जिल्ला बाहिरअन्तर्गत कालिकोटका एक, जाजरकोटका एक, मुगुका तीन र डोल्पाका एक गर्भवती तथा सुत्केरीले सेवा लिएका छन् । दुई जना अहिले पनि आमा कुरुवा घरमा बस्दै आएका छन् । सरकारले जुम्लासहित २० जिल्लामा आवास गृह सञ्चालन गरेको छ । गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरिएको आवास गृहले सहज बनाएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार