श्रावण २०, २०८३ बुधबार August 5, 2026

कोशी प्रदेशका सरकारी अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन हुने

प्रदेशका १४ वटा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बहिरङ्ग सेवा उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूमा बुधबारदेखि दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् । यो निर्णयले प्रदेशका १४ वटा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बहिरङ्ग सेवा उपलब्ध हुने भएको छ ।

नयाँ व्यवस्था अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ओपीडी टिकट काट्न सकिने छ । बहिरङ्ग सेवा बिहान १० देखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुनेछ । यस निर्णयको कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईँले १४ वटा जिल्ला अस्पताल, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र कटारी अस्पताल उदयपुरलाई पत्राचार गरिसकेका छन् ।

यसअघि सरकारी अस्पतालहरूमा दिउँसो १ बजेसम्म मात्र ओपीडी सेवा उपलब्ध थियो, जसका कारण त्यसपछि आउने बिरामीहरूले निजी अस्पतालमा शुल्क तिरेर उपचार गराउनु पर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले यस्तो समस्याको अन्त्य गर्ने र बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको मन्त्री राईले बताए ।

“प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूको ओपीडी सेवा अब ५ बजेसम्म सञ्चालन हुनेछ । कोही पनि अस्पताल आएका बिरामी स्वास्थ्य उपचारबाट वञ्चित हुने छैनन्,” मन्त्री राईले भने । मन्त्री राईले कोशी प्रदेशका नागरिकहरूलाई सरकारी अस्पतालमा उपलब्ध सेवाहरूको उपयोग गर्न आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार