असार २४, २०८२ मंगलबार July 8, 2025

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अबुजा, माघ  १० गते ।  नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका थिए ।

बुबाले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताउनुभयो । बुबाले भन्नुभयो,“लडाकुहरूको मृत्यु नाइजेरियाको उत्तरपश्चिमी भागमा महत्त्वपूर्ण धक्का थियो । लडाकुहरूको यो समूहले यस क्षेत्रभरि धेरै अपहरण र आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थियो ।” रासस, सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया