श्रावण २०, २०८३ बुधबार August 5, 2026

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

औषधि विभागमा दर्ता नभएका, नवीकरण नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित ‘फर्मास्युटिकल’ बनावट भएका औषधि बिक्री भइरहेको गुनासो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार लहानमा नेपाल औषधि व्यवसायी संघ मधेस प्रदेशको नवनिर्वाचित समितिको शपथ ग्रहण कार्यक्रमका वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश खन्दवालले औषधि बिक्रीका बेथिति रोक्न नियमित अनुगमन गर्नुपर्ने बताए । “औषधि विभागमा दर्ता नभएका, नवीकरण नभएका तथा चिकित्सकको पुर्जीमा मिश्रित ‘फर्मास्युटिकल’ बनावट भएका औषधि बिक्री भइरहेको गुनासो आएकाले त्यसलाई रोक्न आवश्यक भएको छ”, उनले भने । अध्यक्ष खन्दवालले नयाँ औषधि ऐन बन्ने प्रक्रियामा रहेको पनि जानकारी दिए ।

त्यसैगरी, औषधि व्यवसायी संघ मधेस प्रदेशका नवनिर्वाचित अध्यक्ष शिवनाथ सिंहले औषधि व्यवस्था विभागसँग समन्वय गरी आफूहरुले औषधि व्यवसायका समस्या समाधान गर्ने बताए ।

महासचिव पप्पुकुमार झाले औषधि व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै गाउँका जनतालाई सहज रूपमा औषधिको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडाले प्रतिबन्धित औषधिको सहज बिक्रीले यहाँका युवालाई प्रभावित पारेको धारणा व्यक्त गरे ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले औषधि व्यवसायीको पेसा संवेदनशील छ भन्दै नगरभित्रका औषधि पसलको दर्ता, नवीकरण, अनुगमन तथा व्यवस्थापन गर्न नगरका तर्फबाट सरोकारवालासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत पुस १३ गते सम्पन्न अधिवेशनबाट शिवनाथ सिंहको अध्यक्षतामा नेपाल औषधि व्यवसायी संघ मधेस प्रदेशको १८ सदस्यीय निर्वाचित कार्यसमितिलाई कानुनी सल्लाहकार राजदेव यादवले शपथ गराएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार