श्रावण २०, २०८३ बुधबार August 5, 2026

बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय

शनिबारलगायत अन्य बिदाको दिन पनि सेवा दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरले चिकित्सालयमा उपचारका लागि आउने बिरामीलाई अटुट सेवा दिनुपर्ने आवश्यकता भएपछि शनिबारलगायत अन्य बिदाको दिन पनि सेवा दिने कार्य गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कुनै बिरामीको लगातार उपचार गर्नुपर्ने हुन्छ, बिरामीलाई उपचारका क्रममा बीचमा कुनै दिन ‘ग्याब’ राखेर उपचार गर्ने गरेमा बिरामीको घाउ पाक्ने तथा समस्या देखिने भई बिरामीलाई असहज महसुस हुने तथा उपचार पद्धतिमा कठिनाइ हुने हुन्छ, जसका कारण बिदाको दिन पनि सेवा दिने गरिएको हो ।”

त्यस्तै बिरामीहरु टाढाटाढाबाट आउने र बिदा भएपछि घर फर्कनुपर्ने बाध्यतालाई दृष्टिगत गरी बिदामा पनि सेवा दिँदै आएको उहाँले बताउनुभयो । प्रादेशिक आयुर्वेद चिकित्सालयमा हाल होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्स–रे, पूर्वकर्म, पञ्चकर्म, सिरोधारा, छारसूत्रद्वारा पायल्स, फिसर, फिस्टुला लगायतको उपचार सेवा रहेको डा ठाकुरले बताउनुभयो । सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा आयुर्वेदिक क्षेत्रमा पछाडि रहेको उहाँको भनाइ छ ।

मैले चिकित्सालयलाई मात्रै होइन यस प्रदेशको समग्र आयुर्वेदिक क्षेत्र सुधार गर्ने सोचेको छु, त्यसका लागि सुरुआत चिकित्सालय नै हो”, डा ठाकुरले भन्नुभयो । उहाँले शनिबारलगायत बीचमा कुनै पनि बिदा परेमा बिदाको दिन पनि चिकित्सालयमा आएर सेवा लिन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशमा हाल एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक अञ्चल आयुर्वेद, ४२ आयुर्वेद औषधालय र ३३ नागरिक आरोग्य सेवा केन्द्र रहेको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार