असार २४, २०८२ मंगलबार July 8, 2025

चीनद्वारा नयाँ ‘सञ्चार प्रविधि उपग्रह’ प्रक्षेपण

उपग्रह सञ्चार, रेडियो तथा टेलिभिजन र डाटा ट्रान्समिसन सेवाका लागि प्रयोग गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिच्याङ, माघ ११ गते । चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ ।  उक्त उपग्रह लङ मार्च–३बी रकेटबाट राति ११ः३२ बजे प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण केन्द्रका अनुसार उक्त उपग्रह सञ्चार, रेडियो तथा टेलिभिजन र डाटा ट्रान्समिसन सेवाका लागि प्रयोग गरिने छ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरणको लागि मञ्चको रूपमा पनि काम गर्नेछ ।

यो प्रक्षेपण लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५५८ औं मिशन थियो ।   रासस, सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया