कार्तिक २२, २०८३ आइतबार November 8, 2026

शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम

त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, १२ माघः शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो ।

उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र माघ ६ देखि १२ गतेसम्म प्रत्यक्ष सहभागितामा तालिम प्रदान गरिएको संस्थानका डीन डा ठाकुर सिलवालले बताउनुभयो ।

कार्यक्रममा वन विज्ञान संस्थानअन्तर्गतका हेटौँडा, पोखरा र काठमाडौँ क्याम्पसका प्राध्यापकलाई सहभागी गराई पाठ्यक्रमलाई बजारको मागसँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्न, सिकाई व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम दिइएको उहाँले उल्लेख गर्नुभयो ।

डा सिलवालका अनुसार तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको मागसँग जोड्ने, शिक्षणलाई सूचना तथा प्रविधि जोड्ने, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्ने, सिकाई व्यवस्थापन प्रणाली सुधार गर्नेलगायत अनुसन्धान तथा प्रकाशनसम्बन्धी विषयहरू समेटिएका छन् ।

कार्यक्रमको समन्वय वन विज्ञान अध्ययन संस्थाका सहायक डीन डा सोनी बरालले गर्नुभएको थियो । सिलवालले कार्यशालाले शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार गर्दै पठनपाठनलाई बजारको मागसँग जोडने सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरूको प्राज्ञिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने संयोजक बरालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार