असार २३, २०८२ सोमबार July 7, 2025

संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्छ : सभामुख घिमिरे

राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुख देवराज घिमिरेले संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा प्रथम गलबन्धी फिल्म्स एण्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै नभई सही कुराहरू आत्मसाथ गर्न र गलत कुराहरू परित्याग गर्नका लागि महत्त्वपूर्ण औजार भएको बताए ।

उनले राष्ट्रलाई राष्ट्रिय समुन्नतिले बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न आग्रह गरे । सभामुख घिमिरेले सही कुरा अघि बढाउँदा राष्ट्रको समुन्नति हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया