असार २३, २०८२ सोमबार July 7, 2025

इजरायलले गर्यो २०० प्यालेस्टिनी बन्दीको रिहा

गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत, इजरायल र हमास बीच प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान दोस्रो पटक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीहरूको रिहा प्रक्रिया पूरा भएको जनाएको छ।

गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत, इजरायल र हमास बीच प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान यो दोस्रो पटक भएको हो। यसअघि, हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो। यी चारै जना इजरायली सैनिक थिए।

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार, इजरायल जेल सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जेलमा आवश्यक प्रक्रिया पूरा भएपछि र प्रशासनको स्वीकृति पछि सबै बन्दीलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ।”

यो रिहाइ युद्धविराम सम्झौतामा आधारित एक महत्वपूर्ण कदम हो, जसले इजरायल र प्यालेस्टिनी पक्षका बीचका तनावलाई केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया