श्रावण २०, २०८३ बुधबार August 5, 2026

भोजपुरमा साढे आठ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

दुई सय २५ स्वास्थ्यकर्मी र चार सय ५० स्वयंसेवक परिचालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १३ माघ । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत साढे आठ हजार किशोरीलाई खोप लगाइने भएको छ ।

खोप कार्यक्रम सञ्चालनका लागि अहिले पालिकास्तरीय खोप कार्यकर्तालाई तालिम पनि सञ्चालन भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप विद्यालयमा अध्ययनरत किशोरीलाई लगाइने भएको हो ।

नौ स्थानीय तह रहेका यहाँ आठ हजार चार सय १९ जनालाई एचपिभी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले जानकारी दिए । खोप अभियान सञ्चालनका लागि जिल्लाका एक सय ३५ विद्यालय, नौ स्थानीय तहका ८१ वटै, ८१ स्वास्थ्य संस्था र नौ समुदायस्तरीय खोप केन्द्र गरी दुई सय २५ खोप केन्द्र निर्धारण गरिएको प्रमुख श्रेष्ठले बताए । यसका लागि दुई सय २५ स्वास्थ्यकर्मी र चार सय ५० स्वयंसेवक परिचालन गरिने छ ।

खोप कार्यक्रमका लागि अहिले खोप कार्यकर्तालाई पालिकास्तरीय तालिम पनि सञ्चालन भइरहेको छ । अभियानअन्तर्गत षडानन्द नगरपालिका एक हजार पाँच सय तीन, भोजपुर नगरपालिका एक हजार तीन सय १०, रामप्रसाद राई गाउँपालिका नौ सय २९, आमचोक गाउँपालिका आठ सय ६९, साल्पासिलिछो गाउँपालिका आठ सय ४९, हतुवागढी गाउँपालिका सात सय ८६, टेम्कैमैयुङ गाउँपालिका सात सय ८२, अरुण गाउँपालिका सात सय ७१ र पौवादुङमा गाउँपालिकाका छ सय २० जनालाई पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।

कक्षा ६ देखि १० सम्म अध्ययरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको हो । एचपिभीविरुद्धको खोपले पाठेघरको मुख क्यान्सर जोगाउने स्वास्थ्यकर्मीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार