काठमाडौंः राजधानी काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण दिनानुदिन बढ्दै गएपछि गृह मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको जनाएको छ । गृह मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै काठमाण्डौं उपत्यका प्रवेश गर्ने नाकामा हरेक दिन साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावतमा रोक लगाएको छ ।
काठमाडौं उपत्यका प्रवेश गरेकामा कोरोनाभाइरसको संक्रमण देखिएपछि गृह मन्त्रालयले नाकामा थप कडाई गरेको हो । अत्याआवश्यक सेवा र ढुवानीका साधन बाहेक अब साँझ ७ देखि बिहान ७ बजेसम्म आवतजावत गर्न नपाइने भएको हो । सुचनामा काठमाडौं उपत्यका प्रवेश नाकामा कोरोना संक्रमण चेकजाँचमा पनि कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तो छ गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया