असार २४, २०८२ मंगलबार July 8, 2025

चीन र भारतबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति

भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चीन र भारतबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ ।

भारतीय विदेश सचिव विक्रम मिस्रीको चीन भ्रमणको क्रममा मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको हो । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने लगायत ६ बुँदे सहमति भएको जानकारी दिएको हो ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।

त्यस्तै भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने सहमति भएको छ । नदीसँग सम्बन्धित जलविज्ञान तथ्यांक र अन्य सहयोग आदान–प्रदानका लागि छिट्टै विशेषज्ञस्तरीय बैठक बस्न पनि दुवै देशका अधिकारीहरु सहमत भएका छन् । साथै मिडिया र थिंक ट्यांकबीचको छलफल तथा भ्रमणलाई बढावा दिने सहमति पनि भएको विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया