श्रावण ५, २०८३ मंगलबार July 21, 2026

ताप्लेजुङको समस्या समाधान वार्ताबाट हुन्छ : नेता भट्टराई

केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, माघ १६ गते । नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राजनीतिक दल तथा जनप्रतिनिधिहरुविच छलफल गरी पाथीभरा (मुकुम्लुङ) मा केवलकार बनाउने निर्णयअनुसार केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सो क्षेत्रका जनप्रतिनिधिको हैसियतले आज यहाँ पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्दै उहाँले स्थानीय स्तरमै केवलकार निर्माण हुनु समृद्धिका लागि आवश्यक रहेको बताउनुभयो । देशभित्रको लगानीलाई सरकार र स्थानीय जनताले पनि सम्मान गर्नुपर्ने भन्दै उहाँले सबै राजनीतिक दल, सरकार, स्थानीयविचको आपसी छलफलअनुसार केवलकार निर्माण गर्ने वा नगर्ने विषयमा निक्र्यौल गर्न सकिने चर्चा गर्नुभयो ।

एमाले सचिव समेत रहनुभएका भट्टराईले भन्नुभयो, “पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक र पर्यटकीय स्थल हो, यो मन्दिर शक्तिको प्रतीक भएकाले लाखौं धार्मिक पर्यटकहरुको आस्था र विश्वास रहेको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुनु राम्रो पक्ष हो ।”

ताप्लेजुङको आर्थिक समृद्धिको मुख्य आधार भनेकै जलस्रोत, पर्यटन र कृषि भएको चर्चा गर्नुहुँदै नेता भट्टराईले स्थानीय विकासका लागि स्थानीयहरुसँगको परामर्श, छलफल र संवादबाटै निकास निकाल्न सकिन्छ भन्नुभयो । गालीगलौच र झगडा गरेर समस्याको समाधान नहुने भन्दै उहाँले वार्ता र संवादबाटै समस्या समाधान गर्नमा आफू लाग्ने बताउनुभयो । घटनामा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि उहाँले गर्नुभयो ।

पक्राउ परेकाहरुको अविलम्ब रिहाइको उहाँले सरकारसँग माग गर्दै भन्नुभयो, “परिस्थितिलाई उत्तेजित बनाउने, सामाजिक सदभाव भडकिने खालका गतिविधिले कसैको हित गर्दैन । आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरुलाई रिहा गर्न र अविलम्ब वार्ता गरी समस्या समाधान गर्न माग गर्दछु ।”

केवलकार निर्माणपछि ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, “केवलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलियत दिनु पर्दछ । स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्छ ।” साथै उहाँले ताप्लेजुङको विकासमा एकतावद्ध भएर लाग्न सबैमा अपिल गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार
देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपतिले पठाए समवेदना सन्देश
२०८३ श्रावण ५, मंगलबार
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
२०८३ श्रावण ५, मंगलबार
नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन : नेता पुन
२०८३ श्रावण ५, मंगलबार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
२०८३ श्रावण ५, मंगलबार
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ श्रावण ५, मंगलबार