भाद्र ६, २०८३ शनिबार August 22, 2026

सूचनाको हक सबै नागरिकको कानुनी अधिकार : प्रमुख आयुक्त आचार्य

प्रत्येक कार्यालयमा दोस्रो वा तेस्रो श्रेणीका कर्मचारीलाई सूचना अधिकारी तोक्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले कानुनी प्रावधानअनुसार नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन्।

सुनकोसी गाउँपालिकामा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित स्थानीय तहसँग सूचना अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त आचार्यले जनताको मागअनुसार सूचना उपलब्ध नगराउने कार्य अस्वीकार्य रहेको बताए।

‘सूचनाको हक सबै नागरिकको कानुनी अधिकार हो र यसअनुसार स्थानीय तह तथा सार्वजनिक निकायहरूले नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउनु पर्छ।’ उनले भने।

आचार्यले मागबमोजिमको सूचना नदिए कारबाही गर्ने चेतावनी समेत दिए। ‘नियम अनुसार सूचना माग भए जोकोहीलाई सूचना दिनुपर्छ, सूचना लिने व्यक्तिले पनि सूचनाको गलत प्रयोग गरे कारबाही हुन्छ।’ उनले भने।

प्रमुख आयुक्तले प्रत्येक कार्यालयमा दोस्रो वा तेस्रो श्रेणीका कर्मचारीलाई सूचना अधिकारी तोक्नुपर्ने आवश्यकता औंल्याए। ‘सूचना अधिकारीलाई तोक्नु कार्यालयको दायित्व हो,’ उनले भने।

सुनकोसी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालले कार्यक्रमको महत्त्व उल्लेख गर्दै भने ‘हामीले माग गरिएका सूचना नियमअनुसार सहजै उपलब्ध गराएका छौँ। यद्यपि केही व्यक्तिहरू गलत उद्देश्यले सूचना माग्ने गर्दछन्, तर हामीले असल नियतका साथ सूचना उपलब्ध गराएका छौँ।’

कार्यक्रममा उपस्थित सिन्धुली क्षेत्र नं-२ का सङ्घीय सांसद लेखनाथ दाहालले सूचना आयोगको सचेतना र अन्तरक्रिया कार्यक्रमहरू सबै स्थानीय तहमा सञ्चालन गर्नुपर्ने कुरा उठाए। उनले भने, ‘सूचनाको सही प्रयोगले ज्ञानको वृद्धि गर्छ र सबै नागरिकलाई सूचना राख्नको महत्त्व बुझाउनु आवश्यक छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार
नेपाल सहित ७५ देशका आप्रवासीलाई भिसा रोक्ने ट्रम्प नीति अदालतद्वारा खारेज
२०८३ भाद्र ६, शनिबार
जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय
२०८३ भाद्र ६, शनिबार
गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
२०८३ भाद्र ६, शनिबार
दोषीलाई कारवाही गर्न अध्यक्ष कुलमान घिसिङको माग
२०८३ भाद्र ६, शनिबार
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
२०८३ भाद्र ६, शनिबार
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल
२०८३ भाद्र ६, शनिबार