वैशाख २९, २०८१ शनिबार May 11, 2024

नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न उपसमिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बिहिबार बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश रसाइली, अमृता अग्रहरि र सरिता देवी गिरी सदस्य हुनुहुन्छ ।

समितिलाई नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी ऐन, २०७४ तथा नियमावली, २०७६ अनुसार केही नेटवर्किङ व्यवसायलाई अनुमति दिएको छ ।

नेटवर्किङ व्यवसायका कानूनी हैसियतका बारेमा प्रश्न उठेपछि समितिले वास्तविकता पत्ता लगाउन उपसमित गठन गरेको हो । नेटवर्किङ व्यवसायको नाममा फेरि पनि उपभोक्ता ठगिन सक्ने सम्भावना बढेको सरोकारवालाले जिकिर गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया