श्रावण २७, २०८३ बुधबार August 12, 2026

स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता

सम्झौतापत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूले गरे हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ साउनः काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

सम्झौतापत्रमा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गर्नुभएको छ । ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ र शिक्षा तथा स्वास्थ्य समितिको यही साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको हो ।

स्रोत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ ।

विभागीय प्रमुख ढकालले महानगरको शैक्षिक नीति र कार्यक्रमहरूलाई विद्यालयस्तरमा प्रभावकारी रूपमा लागू गराउन सहजीकरण गर्ने, शिक्षकको पेसागत विकासमा सहयोग गर्ने र विद्यालयका समस्या समाधानका लागि समन्वय गर्ने दायित्व स्रोत शिक्षकलाई प्रदान गरिएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया