असार २५, २०८२ बुधबार July 9, 2025

सभापति कप फुटबलको उपाधि सङ्कटालाई

सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । ए डिभिजन टोलीे सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सङ्कटाले बागमती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित ९०औँ मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका थिए । त्यसपछि पेनाल्टी सुटआउटमा ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा गएको थियो । सडन डेथमा सङ्कटाका राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोल रक्षक विकेश कुथुले रोके । लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले भने गोल गरे ।

यस्तै बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके भने कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोल रक्षक दीप कार्कीले रोके । रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो ।

प्रतियोगिताको विजेता टोली सङ्कटाले रु २६ लाख तथा उपविजेता बागमतीले रु १३ लाख पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले रु २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए ।

विजेताहरुलाई नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबाहदुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

नेपाली कांग्रेसको भातृ सङ्गठन लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेकोे उक्त प्रतियोगितामा आठ टोली सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार