कार्तिक २२, २०८३ आइतबार November 8, 2026

प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई सभामुखको आग्रह

सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताए ।

“अब सैद्धान्तिक शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन,” उनले भने, “प्रविधिको युग सुरु भएको छ, शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहले प्राविधिक शिक्षालयको स्थापना गर्न पहल गर्नुपर्छ ।”

मुलुकमा सङ्घीय प्रणाली स्थापनापछि तीन तहको सरकार रहने व्यवस्था भएको उल्लेख गर्दै सभामुख घिमिरेले गुरुयोजना निर्माण गरेर मात्र विकास निर्माण अघि बढाउन सुझाव दिए ।

उनले शिक्षाको विकासका लागि केन्द्रको मुख ताक्ने प्रवृत्ति रहेको चर्चा गर्दै स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमुना प्रस्तुत गर्नुपर्ने बताए ।

असल सिर्जना र श्रममा आधारित प्राविधिक शिक्षाको अभावमा मुलुकको ठुलो जनशक्ति नकारात्मक प्रवृत्तिको लहैलहैमा लागिरहेको जनाउँदै उनले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने थलो मात्र बनिरहेको बताए ।

स्थानीय तहलाई आफ्नो क्षेत्रमा राम्रो प्राविधिक र सांस्कृतिक विद्यालय सञ्चालन गर्न संविधान र कानुनले नरोकेको उल्लेख गर्दै सभामुख घिमिरेले शिक्षालाई रोजगारमुखी, संस्कारयुक्त र देशका लागि चिन्तन गर्ने जनशक्ति उत्पादन गर्ने विकासको प्रमुख आधारशिलाको रूपमा ग्रहण गरिनुपर्ने धारणा व्यक्त गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार