माघ २८, २०८१ सोमबार February 10, 2025

स्ववियु निर्वाचनको तयारी गर्न सम्पूर्ण क्याम्पसलाई त्रिविको निर्देशन

निर्वाचन सम्बन्धि अन्य आवश्यक  जानकारी  पछि पठाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आगामी चैत  ५ गते  हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका सबै  आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिएका हुन्।

निर्वाचन सम्बन्धि अन्य आवश्यक  जानकारी  पछि पठाइने पनि पत्रमा उल्लेख गरिएको छ।

त्रिवि कार्यकारी परिषद्को यही माघ १४ गते  बसेको बैठकले आगामी चैत ५ गते  स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया